Live News
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
TRENDING
बिकाश का कुरा कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
Live News
No Result
View All Result

प्रदेश १ का सर्वसाधारणले गर्नुपर्ने पाँच काम

लाईभ न्युज by लाईभ न्युज
May 3, 2020
प्रदेश १ का सर्वसाधारणले गर्नुपर्ने पाँच काम
Share on FacebookShare on Twitter

अहिलेसम्म पाइएका सङ्क्रमितहरूको सामाजिक बसाइ भाइरस सर्न नसक्ने किसिमको दूरीमा नभएको भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता प्रकट गरेका छन्।

अधिकांश सङ्क्रमितहरूको बस्ती अत्यन्तै बाक्लो भएकाले कोरोनाभाइरस एक अर्कामा सजिलै सरेको उनीहरूको बुझाइ छ।

जनस्वास्थ्य विज्ञहरूले न्यूनतम पाँचवटा सुझाव अवलम्बन गर्न सर्वसाधारणलाई सुझाएका छन्।

१. लकडाउनको पूर्ण पालना

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि जारी रहेको लकडाउन कतिपय स्थानमा पालना नभएको पाइएको छ।

धेरै शहरी तथा बाक्लो बस्ती भएका स्थानमा विनाकाम मानिसहरू घरबाट बाहिर निस्केभने सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आउने सम्भावना बढ्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख सुरेश मेहताका अनुसार घरबाट बाहिर ननिस्किँदा सङ्क्रमणको जोखिम घट्छ।

तर सङ्क्रमित क्षेत्रका मानिसहरूले लकडाउनको पूर्ण पालना नगरेको उनले बताए।

उनले भने, “सङ्क्रमण भएका स्थानहरूमा बाक्लो बस्ती छ। घरबाट ननिस्किएको भए सङ्क्रमण फैलने सम्भावना कम हुन्थ्यो। तर बस्तीमा हेलमेल ज्यादा भएको पायौँ।”

२. सामाजिक दूरी कायम गर्ने

प्रदेश नं १ मा सङ्क्रमणको स्थिति हेर्ने हो भने हालसम्म जुन समुदायका मानिसहरूमा ज्यादा सङ्क्रमण भएको पाइयो तिनको बस्ती अत्यन्तै बाक्लो अवस्थामा रहेको देखिएको मेहताले बताए।

ती स्थानमा सामाजिक दूरी कायम गराउन निकै गाह्रो भएको उनको अनुभव छ।

मेहताले भने, “मैले उदयपुरको भुल्के गएर हेरेँ। सामाजिक दूरी कायम नभएकैले त्यहाँ एक जनाबाट अर्कोमा सङ्क्रमण सरेको जस्तो लाग्छ।”

प्रदेश नं १ का सङ्क्रमितहरू सबै निम्न आय स्रोत भएका मानिसहरू रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कम्तीमा एक-आपसमा तीन फिटको दूरी कायम हुँदा सङ्क्रमणको जोखिम कम हुने स्वास्थ्यकर्मी बताउँछन्।

३. सरसफाइमा ध्यान

बाक्लो बस्ती भएको स्थानमा सङ्क्रमणको जोखिम बढ्ने भएकाले सरसफाइमा निकै ध्यान दिइनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ।

त्यसमा पनि मानिसले हात बारम्बार नाक तथा मुखमा लगिराख्ने भएकाले साबुन पानीले हात पटक पटक धुनुपर्ने उनीहरूको सुझाव छ।

स्वास्थ्य महाशाखाका प्रमुख मेहता भन्छन्, “सङ्क्रमित व्यक्तिहरूको स्थिति हेर्दा सरसफाइमा ध्यान नपुगेको जस्तो देखिन्छ। साबुन पानीले हात धोइरहने हो भने पनि सङ्क्रमणको दर कम गर्न सकिन्छ।”

४. घर बाहिर निस्किँदा मास्कको प्रयोग

घरभित्र रहँदा मास्कको प्रयोग गर्न जरुरी नरहे पनि घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

खासगरि परीक्षणको दायरा नबढाइन्जेल को व्यक्ति सङ्क्रमित छ भन्ने यकिन नहुने भएकाले पनि मास्कको प्रयोग गर्न उनीहरूले सुझाव दिएका हुन्।

मास्कको प्रयोग गर्ने तरिका सही नभए त्यसले सङ्क्रमणको जोखिम झन् बढ्नेतर्फ स्वास्थ्य महाशाखाका प्रमुख मेहता सचेत गराउँछन्।

उनी भन्छन्, “सङ्क्रमित व्यक्ति चिन्ने अवस्था हुँदा जोगिन सजिलो हुन्छ। तर लक्षण बिनाका सङ्क्रमितबाट जोगिन गाह्रो छ। त्यसैले घरबाट निस्किँदा मास्कको प्रयोग गर्नुपर्छ।”

५. स्वास्थ्यकर्मीलाई खबर गर्ने

कोरोनाभाइरसको सङ्क्रमणसँग मेल खाने लक्षण भएका मानिस भेटिए तुरुन्त स्वास्थ्यकर्मी वा स्थानीय तहका स्वास्थ्य शाखामा खबर गरिदिन सामाजिक विकास मन्त्रालयले सर्वसाधारणसँग आग्रह गरेको छ।

व्यक्ति स्वयम्‌मा त्यस्तो लक्षण देखिएपनि स्वास्थ्यकर्मीलाई सम्पर्क राख्न मन्त्रालयको आग्रह छ।

सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री जसमाया गजमेरका अनुसार बाहिर देशबाट आएका तर लुकेर बसेकाले अन्य प्रदेशको तुलनामा प्रदेश १ मा समस्या बढेको हो।

उनले भनिन्, “घरमै क्वारन्टीनमा पनि राम्रोसँग बसिदिएको भए हुन्थ्यो। त्यति नगरिदिएपछि समस्या बढ्यो।” BBC

ShareTweetPin

Discussion about this post

लाईभ न्यूज

Live 105 FM POKHARA
CALL: 9802809180
The Archives of Live FM

OUR SISTER ORGANIZATIONS
ENTERTAINMENT 91.8 FM
NEWS 91.4 FM

  • YouTube
  • Facebook

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
©२०२० लाईभ न्यूज कार्यक्रमको सर्वाधिकार लाईभ एफ एममा सुरक्षित छ । डिजाईनः वेबपल
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक