Live News
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
TRENDING
बिकाश का कुरा कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
Live News
No Result
View All Result

कोरोनाभाइरसलाई रोक्न सक्ने रेम्डेसिभिर औषधीले जगायो आशा

लाईभ न्युज by लाईभ न्युज
May 1, 2020
कोरोनाभाइरसलाई रोक्न सक्ने रेम्डेसिभिर औषधीले जगायो आशा
Share on FacebookShare on Twitter

कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । बुधबार अमेरिकी सरकारी तथा औषधी उत्पादक कम्पनीका अधिकारीहरुले ओषधीले औसतमा कोरोनाभाइरस संक्रमितलाई चार दिन अगाडि नै निको पार्ने देखिएको बताएका हुन् ।

चीनको ऊहानमा पहिलो पटक देखिएको यस भाइरसले हालसम्म २ लाख २४ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । यो भाइरसबिरुद्ध कडा परीक्षण पास गर्ने जिलिड साइन्सेसको ‘रेम्डेसिभिर’ पहिलो औषधी हो । स्वास्थ्य अधिकारीहरुले कोरोनाभाइरसको खोप बन्न अझै एक वर्ष टाढा रहेको भनिरहँदा यस भाइरसको उपचारका लागि औषधी फेला पर्नुले वैश्विक महामारीमा ठूलो प्रभाव पार्ने आशा गरिएको छ ।

अमेरिकाको नेशनल इन्सिटिट्युट अफ हेल्थ (एनआईएच) ले विश्वभरका १०६३ जना कोरोनाभाइरस संक्रमितहरुमा रेम्डेसिभिरको प्रयोग र त्यसको प्रयोगबिना यसको परीक्षण गरेको थियो । ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा एनआईएनको नेशनल इन्सिटिट्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेजका निर्देशक डा. एन्थोनी फाउचीले यो औषधीले संक्रमितको उपचार समयलाई औसतमा ३१ प्रतिशतले कम गर्ने बताए । औसतमा उपचारका लागि १५ दिन लाग्छ । यो औषधी प्रयोग गर्दा संक्रमितहरु ११ दिनमा नै निको हुने बताइएको छ ।

उनले यो ओषधी प्रयोगकर्ताहरुमा मृत्युदर पनि कम भएको जानकारी दिए । यसबारे विस्तृत नतिजा केही समयपछि मेडिकल जर्नलमा प्रकाशित गरिने बताए ।

‘के प्रमाणित भएको छ भने यो औषधिले भाइरसलाई रोक्न सक्छ,’ फाउचीले भने ।

‘रेम्डेसिभिरले उपचारको समयको समय घटाउने कुरा तथ्यांकबाट स्पष्ट देखिएको छ,’ उनले भने ।

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले एक विज्ञप्ति जारी गर्दै क्यालिफोर्नियामा रहेको जिलिड कम्पनीसँग रेम्डेसिभिरलाई बिरामीहरुलाई चाँडोभन्दा चाँडो उपलब्ध गराउन छलफल गरिरहेको जनाएको छ ।

न्युयोर्क टाइम्सका अनुसार एफडीएले रेम्डेसिभिरको आपत्कालिन प्रयोगका लागि अनुमित दिने तयारी गरिरहेको जनाएको छ ।

रेम्डेसिभिरलाई हाम्रो नसाको माध्यमबाट शरीरमा पठाइन्छ । यसलाई भाइरसको आनुवंशिक (जेनेटिक) तत्त्वहरुलाई कपी गर्ने क्षमतालाई अवरोध गर्ने गरी डिजाइन गरिएको छ ।

ShareTweetPin

Discussion about this post

लाईभ न्यूज

Live 105 FM POKHARA
CALL: 9802809180
The Archives of Live FM

OUR SISTER ORGANIZATIONS
ENTERTAINMENT 91.8 FM
NEWS 91.4 FM

  • YouTube
  • Facebook

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
©२०२० लाईभ न्यूज कार्यक्रमको सर्वाधिकार लाईभ एफ एममा सुरक्षित छ । डिजाईनः वेबपल
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक