सडक किनारा गाउँछ ईश्वर, चरा हरुको तानामा।
बोल्दछ ईश्वर मानिसहरुको, पिडा दुखको गानामा।
दर्शन किन्तु कहीं दिदैन, चर्मचक्षुले कानामा।
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो।
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो।
कुन मन्दिरमा जान्छौ यात्री।
यी हरफ लक्ष्मीप्रसाद देवकोटाका हुन् । यी सबै शब्दमा सगुन गुरुङ कर्मले बोल्छन् । लाहुरे नभएको सबै गाउँ छरछिमेकको गुनासो छ । सुगुन आफुले सकेको मानव सेवा गर्न पाएको गर्व महसुस गर्छन् । अन्ततः मानवताको सेवा गर्ने सधैं मनमस्तिष्क रहन्छन् जसरि मदर टेरेसाको बुढ्यौली अनुहार पनि उनको कर्मले अतिनै सुन्दर देखिन्छ । सगुनको यो मानव सेवा प्रतिको लगावले सबैलाई मोहित तुल्याएको छ। सगुन गुरुङले नमस्ते किड्स मार्फत ससाना बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्दै सुन्दर भविष्यको कामना गरिरहेका छन्। सगुन सङ्ग केही सोधेका थियौं।
१, नमस्कार अनि धन्यवाद छ हजुरलाइ
मलाइ यो लाइभ न्युजमा समेट्दिनु
भएकोमा !
२, अहिले यति बेला हामी हाम्रो नेपाल मात्रै नभएर बिश्वब्यापी रुपमा फैलिएको महामारी रोग कोरोना भाइरस एभिड १९ को बेला हाम्रो नेपाल पनि लकडाउन भएको आज २१औ दिन भयो यो लक डाउन समय अबधिभर आफू पनि बचौ र
अरुलाइ पनि बचाऔ भन्ने हो त्यसैले यो समयमा हामिले हाम्रो कुनै बाबूनानिहरुलाइ भेट्न सकेका छैनौ लकडाउन हुन अगाडि हामी सहयोग पुराएर आएका हौ र अब लकडाउन खुल्न साथ फेरि जाने छौ र यो अबधिभर सबै
बाबुनानिहरुलाइ चाहिँ निरन्तर सम्पर्कमा रहेर सचेतना दिइरहेको छु !
३, बाबुनानिहरु पहिले जसरी उनिहरुको जिम्मेवारी लिएको अबिभाबक संग रहेको थियो अहिले पनि उनिहरु संगै छन र घर बाट निस्कने खेल्ने बाबुनानिहरुलाइ साथीहरु संग भेट्न बन्देज लगाएर घरमै रहेको छ !
४, यो सहयोगको भावना भन्ने कुरा म गर्छु भनेर आउने होइन रहेछ आपसेआँप मन बाट किन किन सहयोग गर्ने मनासय आउदो रहेछ त्यसैले होला आज यो कार्य यो बाटो मा छु !
५, जिवनको सबै भन्दा ठुलो कुरा सोधिहाल्नु भयो खासमा मलाई के लाग्छ भने जिवनको सबैभन्दा ठूलो कुरा आफ्नो जिवन नै हो जिवन जिन्दगी छ हामी हरेक बाटो बाट आआफ्नो लागि संघर्ष गर्छौ जब संघर्ष गरेको परिणाम मीठो नमिठो जे पाउछौ जीवन नर्मस या प्रफुल्ल हुन्छ त्यसैले त्यहि हो जिन्दगी !
६, गुरुङ जातिको छोराहरु प्राय लाहुरे नै हुन्छ बन्छ यो जातिय संस्कार पनि हो लाहुने बन्नको लागि मेरो आमा बाबाको सपना चाहिँ निक्कै ठूलो थियो तर मैले के सोचे हामी जस्तो युवाहरु लाहुरे बने बिदेशीए भने यस्ता पिछडिएका बर्गको बाबुनानीहरुको उद्दार कसले गर्ने कसले हेर्ने भन्ने धारण म भित्र भयो र म यहि काम रोजे यहि बाटो हिडे त्यसैले आज तपाईंले यसरी प्रश्न गर्न पाउनु भएको छ हैन र !
७, खासमा हामिले उनिहरुको अध्ययनको लागि केही सहज होस भनेर उनिहरु अध्ययन गरेको बिद्यालयको प्रधानध्यापक,शिक्षक,शिक्षिका संग बाबुनानिहरुको अबिभाबकलाई समय समयमा गएर बुझ्न लगाउछौ बाकी घरमा भएको बेला जसले संरक्षण गरेर राख्नु भएको छ उहाहरुले सरसफाइ,अनुशासन,शिक्षित हरेक कुरा सिकाउन लगाउछौ र हामी पनि समय समयमा उनिहरुको घर पुगेर यस्ता खालको ग्यानहरु दिन्छौ त्यसैले अहिले हाम्रो बाबुनानीहरु सोचे भन्दा राम्रो छ !
८, मैले यो कार्य सुरुवात गर्न त्यति सजिलो त पक्कै भएन तर लाहुरे हुन बिदेशीन भन्दा म यहि बसेर केही गर्छु भनेर सोचिरहदा २०७२ सालमा हाम्रो नेपालमा गएको बिनासकारी भुकम्पले मलाइ यो बाटो हिन्न सिकायो जुन समय हरेक ठाउ ठाउमा म सहयोग लिएर पुगेको थिए !
९, मेरो सपना भन्ने नै यहि बाबुनानिहरु हो मेरो नसा नसामा चल्ने रगतमा उनिहरुकै भबिष्य छल्किन्छ आँखामा उनिहरुकै माया देख्छु अहिले ३०० जना छ भने ३००को ३००० पुर्याउने मन छ उनिहरुकै भबिष्य बनाउने मेरो सपना छ !
१०, यो कार्य गर्न त्यति सहज छैन मैले मेरो ठाउँमा बसेर कार्य गरिरहदा बाहिर हेर्नेलाइ भन्नेलाइ जति सजिलो हुन्छ तर निभाउन सार्है गाह्रो छ त्यसैले जो जसले
सहयोग गर्नु हुन्छ सहयोगी दाता र सहयोग लिने दोहोरो पक्षलाइ एक आपसमा नै भेट गराएर अगाडि बढिरहेको छु सहकार्य यस्तै छ मेरो !
फर्क-फर्क हे जाऊ समाऊ, मानिस हरुको पाऊ।
मलम लगाऊ आर्थ हरुको, चहराई रहेको घाऊ।
मानिस हरु भै ईश्वरको त्यो दिव्य मुहार हसाऊ।
कुन मन्दिरमा जान्छौ यात्री।
आफुले जीवनमा जुन पीडा भोगेका हुन्छौं त्यो अरु कसैलाई फेरि नहोस् , त्यो अभाव । कसैको त्यो अभाव मेरो नै हो जस्तो लाग्छ र म समाजप्रति जिम्मेवार हुन पुग्छु । कसैको सहारामा जीवन पीडादायक हुन्छ, त्यसैले आफू लगातार यहि कर्ममा लागिरहेको सगुनले भन्नुभयो । यदि तपाईपनि सहयोग गर्न चाहानु हुन्छ भने सगुन संगै सहयोग गर्न सक्नु हुन्छ ।

Discussion about this post