Live News
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
TRENDING
बिकाश का कुरा कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
Live News
No Result
View All Result

दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षमा सबैभन्दा कम

दशकौँदेखि गरिबीविरूद्ध हासिल गरेको उपलब्धिलाई तहसनहस पार्ने

लाईभ न्युज by लाईभ न्युज
April 14, 2020
दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षमा सबैभन्दा कम
Share on FacebookShare on Twitter

कोरोनाभाइरसका कारण दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षमा सबैभन्दा कम हुने विश्व ब्याङ्कले बताएको छ।

यसले यो क्षेत्रले दशकौँदेखि गरिबीविरूद्ध हासिल गरेको उपलब्धिलाई तहसनहस पार्ने छ।

भारत, बाङ्ग्लादेश, श्रीलङ्का र पाकिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण अहिलेसम्म कम भएपनि ती देशहरूमा सङ्क्रमण ह्वात्तै बढ्न सक्ने विज्ञहरूको भनाइ छ।

दक्षिण एशियामा एक अर्ब ८० करोड मानिसहरू बस्छन् र यो क्षेत्रमा संसारमै सबैभन्दा बढी जनघनत्व भएका सहरहरू छन्।

“दक्षिण एशिया प्रत्युत्पादक असरको आँधीमा छ। पर्यटन छैन्, आपूर्ति तोडिएको छ, कपडाको माग छैन र ग्राहक एवम् लगानीकर्ताहरू निराश छन्,” विश्व ब्याङ्कको प्रतिवेदनमा भनिएको छ।

ब्याङ्कले यो क्षेत्रमा यो वर्ष आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशत हुने आकलन गरेको छ। यो आकलन वर्षको शुरूमा ६.३ प्रतिशत थियो।

गम्भीर आर्थिक मन्दी हुनसक्ने

दक्षिण एशियाका कम्तीमा आधा देशहरूमा ‘गम्भीर आर्थिक मन्दी’ देखिन सक्छ।

सबैभन्दा ठूलो असर माल्दीभ्समा देखिने छ। महँगो पर्यटनले धानेको त्यहाँको आर्थिक उत्पादन १३ प्रतिशतसम्मले घट्ने छ।

दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको भारतमा १.५ प्रतिशत मात्रै वृद्धि हुने छ जुन शुरूमा प्रक्षेपण गरिएको भन्दा ३.५ प्रतिशतले कम हो।

नेपालबारे विश्व ब्याङ्क

प्रतिवेदनमा दक्षिण एशियाका सबै देशहरूमा कोरोनाभाइरसका कारण आर्थिक प्रभाव पर्ने बताइएको छ।

नेपाल र माल्दीभ्सको अर्थतन्त्रमा पर्यटनको महत्त्वपूर्ण हिस्सा रहेको बताउँदै प्रतिवेदनले नेपालमा लगातार दुई वर्ष प्रतिव्यक्ति कूल ग्राहस्थमा कमी आउने बताइएको छ।

नेपाल र माल्दीभ्सको ठूलो जनशक्ति प्रत्यक्ष र परोक्ष रूपमा पर्यटनमा आश्रित रहेको प्रतिवेदनमा उल्लेख छ।

सरकारलाई तयारी गर्न सुझाव

विश्व ब्याङ्कले यहाँको सरकारहरूलाई “स्वास्थ्य आपत्‌कालमा आफ्ना नागरिकहरूलाई जोगाउन र द्रुत आर्थिक गतिका लागि तयार हुने गरी कार्य गर्न” सुझाव दिएको छ।

विश्व ब्याङ्कले वैदेशिक रोजगारीमा गएकाहरूका लागि अस्थायी रोजगार योजना, एवम् व्यापारी र व्यक्तिहरूका लागि ऋण राहत दिँदै अत्यावश्यक आयात निर्यातका लागि प्रशासनिक झन्झट कम गर्न सुझाव दिएको छ।

गएको साता विश्व ब्याङ्कले खतरामा रहेका देशहरूलाई महामारीको बेला आर्थिक सङ्कटबाट निस्कन आगामी १५ महिनामा एक खर्ब ६० अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको थियो। Credit : BBC Photo : SocialMedia

ShareTweetPin

Discussion about this post

लाईभ न्यूज

Live 105 FM POKHARA
CALL: 9802809180
The Archives of Live FM

OUR SISTER ORGANIZATIONS
ENTERTAINMENT 91.8 FM
NEWS 91.4 FM

  • YouTube
  • Facebook

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
©२०२० लाईभ न्यूज कार्यक्रमको सर्वाधिकार लाईभ एफ एममा सुरक्षित छ । डिजाईनः वेबपल
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक