Live News
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
TRENDING
बिकाश का कुरा कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
Live News
No Result
View All Result

कोरोना भाइरसले प्रत्यक्ष आक्रमण गर्छ

आश्चर्यजनक खोजमा

लाईभ न्युज by लाईभ न्युज
April 12, 2020
Live News : Facing Facts
Share on FacebookShare on Twitter

कोरोना भाइरस (कोभिड–१९)ले भाइरस मार्न सक्ने शक्तिशाली प्रतिरक्षा कोशिकालाई नै मार्न सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन्।

सांघाई र न्यूयोर्कका अनुसन्धानकर्ताको एक टिमले फ्रन्टलाइनमा रहेर काम गरिरहेका डाक्टहरुमाथि गरेको आश्चर्यजनक खोजमा कोरोनाले मानिसको प्रतिरक्षा प्रणालीमाथि आक्रमण गर्न सक्ने देखिएको हो। यो एचआइभी/एड्सका रोगीमा देखिने असर झै हुनेछ। एचआइभी/एड्सले मानिसको प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ। टि लिम्फोसाइट्स (जसलाई टि कोष समेत भनिन्छ) जसले बाह्य आक्रमणकारीको पहिचान गर्न र त्यसलाई नष्ट गर्न प्रमुख भूमिका निभाउँछन्।

तर, अनुसन्धानका क्रममा कोरानोले एक संक्रमित सेललाई क्याप्चर गरेर यसको झिल्लीमा दुलो पार्ने र सेलमा विषाक्त रसायन इन्जेक्ट गर्ने देखिएको छ। यो रसायनले भाइरस र संक्रमित कोष दुवैलाई मार्ने र त्यसलाई टुक्राटुक्रा बनाइदिने अनुसन्धानले क्रममा पत्ता लागेको छ। टी सेल कोरोनाको शिकार बन्ने पत्ता लागेपछि वैज्ञानिकहरु आश्चर्यमा परेका छन्। 

उनीहरुले भाइरसको स्पाइक प्रोटिनमा एक अनौठो संरचना समेत भेटेका छन्। जो एक भाइरल इन्भोलप र सेल झिल्ली सम्पर्कमा आउँदा त्यसको संयोजनले ट्रिगर गरेको देखियो। भाइरसको जीन जब टी सेलमा प्रवेश गर्‍यो र बन्धक बनायो।  त्यसले प्रतिरक्षा प्रणालीले काम गर्न सकेन। 

अनुसन्धानकर्ताहरुले तीव्र श्वासप्रश्वासको लक्षण वा सार्स र कोरोना भाइरसकाबीचमा समेत तुलना गरे। तर,  सार्स भाइरसमा टि कोषहरुमा संक्रमित गर्ने क्षमता थिएन। 
बेइजिङमा कोरोना संक्रमितहरुको उपचार गर्ने सार्वजनिक अस्पतालमा काम गरिरहेका एक डाक्टरले भनेका छन् कि यो खोजले चिकित्सा क्षेत्रमा बढ्दो चिन्तामा एक अंश थप्यो। कोरोना भाइरसले जुन मानिसलाई प्रत्यक्ष आक्रमण गर्छ,  उसको प्रतिरक्षा प्रणाली समेत ध्वस्त हुने देखियो। 

‘धेरै मानिसहरुले यसलाई अएचाइभीसँग तुलना गर्छन्,’ ती डाक्टरले साउथ चाइना मर्निङ पोस्टसँग भनेका छन्। फेब्रुअरीमा पिएलएको इन्सिटीट्युड अफ इम्युनोलोजीमा चेन योङवेन र उनका सहयोगीले एक रिपोर्ट जारी गरेका थिए। जसमा भनिएको थियो, ‘कोरोना संक्रमितको शरीरमा टि कोषको संख्यामा धेरै गिरावट आउन सक्छ। खासगरी वृद्ध मानिसहरुमा टि सेलको कमीका कारण मृत्यु हुने सम्भावना धेरै हुन्छ।’

यो रिपोर्टलाई २० भन्दा धेरै रोगीको शवमा परीक्षण गरिएको थियो। जसको प्रतिरक्षा प्रणाली पूर्णरुपले नष्ट भएको देखिएको थियो। यसलाई डाक्टरहरुले शवको आन्तरिक अंगहरुमा पुगेको नोक्सानलाई हेरेर सार्स र एड्सको संयोजनको भनेका थिए। एड्स र इबोला भाइरसले समेत मानिसको प्रतिरक्षा प्रणालीमा आक्रमण गर्छ। Credit : KathmanduPress

Via: Kathmandupress
ShareTweetPin

Discussion about this post

लाईभ न्यूज

Live 105 FM POKHARA
CALL: 9802809180
The Archives of Live FM

OUR SISTER ORGANIZATIONS
ENTERTAINMENT 91.8 FM
NEWS 91.4 FM

  • YouTube
  • Facebook

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
©२०२० लाईभ न्यूज कार्यक्रमको सर्वाधिकार लाईभ एफ एममा सुरक्षित छ । डिजाईनः वेबपल
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक