विश्व व्यापी माहामारीका रुपमा फैलिरहेको नोवल कोरना भाईरस ( कोभिड–१९)ले विश्व समूदायलाई आतंकित तुल्याएको छ । उत्तरी छिमेकी देश चिनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका लगायत २ सय भन्दा बढी देशमा फलिएको हो । दक्षिणको छिमेकी देश भारतमा समेत कोरोनाका कारण दर्जनौ व्यक्तिले ज्यान गुमाईरहेका छन् ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल कोरोनाको उच्चजोखिम भएको तथ्य सार्वजनिक गरेपछि नेपाल सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रण लगायतका विभिन्न कार्य गर्दैआईरहेको छ । सरकारले कारोना भाईरस निमूल गर्न कोरोना प्रतिकार्य स्वरुप मुलुक लक डाउन गरेको हो ।
नोवल कोरोना भाईरसका कारण शिङ्गो मुलुक आतंकित छ । सरकारले कोरोनाकै कारण शैक्षिकक्षेत्र ,पूर्वाधार विकास ,विभिन्न सेवाप्रदायक निकाय लगायत अन्तराष्ट्रिय उडान बन्द गरेको छ ।
एक व्यक्तिबाट अर्को ब्यक्तिमा भाईरस सर्ने डर भएकाले उत्तर –दक्षिणका नाका बन्द छन् भने सर्वसाधारणलाई समेत अतिआवश्यकीय काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरेको हो । सडक पुरै लकडाउनले ठप्पै छ । सहर देखि गाउगाउमा दैनिक कोरानाको चर्चा परिचर्चा हुन्छ । संञ्चार माध्यमले निरन्तर कोरोनाकै समाचार अपडेट गरेका छन् । शनिबार नेपाल पनि कोरोना भाईरसको दोश्रो चरणमा छ ।
मुस्ताङमा एउटा यस्तो अचम्मको बस्ती छ ,जहा कोरोनाको कुनै डर र त्रास छैन । त्यहाँका स्थानीयको दैनिकी साविक भन्दा अहिले पनि कुनै भिन्नता छैन । मुस्ताङको ९६ वटा गाउँबस्ती मध्येको त्यो अचम्म लाग्दो गाउ साङ्ता । यस गाउका मानिस कोरोनाबाट मुक्त छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र –५ मा पर्छ साङ्ता । मुलुक कोरोनाले आतंकित बनाईरहदा साङ्ता गाउ नाम जस्तै शान्त र स्थिर छ । गाउका कोही पनि मासिन वैदेशिक रोजगारमा विदेश नगएकाले गाउ कोरोना जोखिम मुक्त भएको हो ।
जोमसोम देखि ४० किमी पञ्चिमतर्फ हानिए साङ्ता गाउ आईपुग्छ। मुस्ताङ र डोल्पा सिमाक्षेत्रमा अवस्थित साङ्ता पुग्न जोमसोमबाट ६ घण्टा लाग्छ । जोमसोम देखि कच्चि सडक भएतापनि यहा सवारी साधन चल्दैन। वारागुङ मुक्तिक्षेत्र–५ को एउटा वडामा जोडिएको फल्याक ,धाकार्जुङ भन्दा विकट साङ्ता गाउ करिव ३० किमी टाढा छ ।
चारैतिर अग्ला अग्ला डाडोको भिरालो फेदमा छ साङ्ता गाउ । गाउमा शिक्षा ,स्वास्थ्य बिजुली र संञ्चारको समेत पर्याप्त पहुच छैन । गाउका ८० प्रतिशत मानिस प्राय अशिक्षित छन्।जिल्लामा कोरोना आतंकले सर्वसाधारणलाई त्रसित बनाई रहेको अवस्थामा पनि यस गाउ भने कोरोनाको नत कुनै डर छ ,नत स्थानीयलाई कोरोनाबारे जानकारी हासिल छ । यहा सरकारको समेत न्युन उपस्थित हुने गर्छ । लाग्छ मुस्ताङ जिल्लाकै भुगोल भित्र रहेको भएपनि साङ्ता गाउ एक्लो गाउ जस्तै बनेको छ ।
भौगोलिक दृष्ट्रिले विकट भएकैले यहा सरकारी कर्मचारी ,जनप्रतिनिधि ,सुरक्षा निकाय कसैको पनि उपस्थित देखाउदैनन् । गाउमा १३ घरधुरीका करिव ७० जती जनसंख्या छ । गाउकै ३ कक्षा सम्म पढ्ने स्कुल पनि राम्ररी ६ महिना पनि खुल्दैन । स्थानीय वालवालकाले त्यहा राम्ररी पढ्ने सुविधा छैन । गाउका सबै खेतीपाती र पशुपालन गरेर जिविकोपार्जन गर्छन् । स्थानीय साङ्ता गाउका मुखिया ङहिटुक गुरुङले कोरोना भाईरस भनेको आफुलाई केही थाहा नभएको बताए । उनले भने,‘ गाउमा सरकारै छैन । रेडियो ,टेलिभिजन र ईन्टनेट चलाउने सविधा छैन । सुविधा भएनी भनेको कुरा बुझ्नै कठिन पर्छ।’
सोही गाउका वडाअध्यक्ष राप्के गुरुङले साङ्ता गाउ अटो लक डाउनको गाउ भएको बताए । साङ्ता मा नया मान्छे कोही नजाने बरु गाउकै मान्छे कहिलेकाही किनमेल गर्न जोमसोम आउने गरेकाले उनीहरुलाई कोरोनाबारे पत्तो नभएको जानकारी दिए । स्थानीय प्रशासन ,स्वास्थ्य, पालिका र सुरक्षाकर्मी लगायतले अहिले गाउगाउमा कोरोना भाईरसको कार्यक्रम गरेपनि साङ्तामा कोही पुग्न सकेका छैनन् । Credit : Nepadut Photo: SK Thakali

Discussion about this post