Live News
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
TRENDING
बिकाश का कुरा कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक
No Result
View All Result
Live News
No Result
View All Result

कोरोना विरूद्ध लड्न ‘विप्लव’ ले सरकारलाई सुझाव

newsdesk by newsdesk
April 4, 2020
Live News : Facing Facts
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले कोरोना भाइरसविरूद्ध लड्न सरकारलाई १६ बँदे सुझाव दिएको छ।

शनिबार विज्ञप्ति जारी गर्दै विप्लवले सरकारले गर्नुपर्ने विभिन्न १६ सुझाव दिएका हुन्।

सुझाव:

१) कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ। सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ।

२) कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ।

३) श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ।

४) अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ।

५) विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ।

६) कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (PPE) को उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ।

७) भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ।

८) चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ।

९) मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ।

१०) कोरोना सङ्क्रमण्को आशङ्कामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ। रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ।

११) कोरोनाको सङ्क्रमणको आशङ्कामा सामान्य बिरामीसमेत अस्पतालहरूले भर्ना गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ। त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ।

१२) क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ।

१३) कोरोनाको निहुँमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ। ‘लकडाउन’ अर्थात एकान्तबास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ। यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ। यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ।

१४) आयात गरिने सामग्री विश्व स्वास्थ्य सङ्गठनको गुणस्तरअनुसार निर्क्यौल गरेर मात्र आयात गर्नुपर्छ।

१५) नेपाल-भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ।

१६) परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम्सेवकहरूको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ।

ShareTweetPin

Discussion about this post

लाईभ न्यूज

Live 105 FM POKHARA
CALL: 9802809180
The Archives of Live FM

OUR SISTER ORGANIZATIONS
ENTERTAINMENT 91.8 FM
NEWS 91.4 FM

  • YouTube
  • Facebook

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
©२०२० लाईभ न्यूज कार्यक्रमको सर्वाधिकार लाईभ एफ एममा सुरक्षित छ । डिजाईनः वेबपल
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • सूचना प्रविधि
  • मनोरन्जन
  • खेलकुद
  • विविध
  • समाज
  • बजार
  • भिडियो
  • कला /शैली
  • रोचक